काठमाडौ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को नेतृत्वमा बनेको नयाँ मन्त्री मण्डल समावेशी देखिएको छ । १४ जनालाई नयाँ अनुहार समोवेश भएको नयाँ मन्त्रीमण्डलमा पाँचजना अर्थात् ३१ प्रतिशत महिला समोवश गरिएको छ भने मधेशी जनजाति, दलित र पिछडिएको बर्गलाई पनि नयाँ मन्त्रीमण्डलमा समेटिएको छ ।
नयाँ बनेको मन्त्रीमण्डलमा शिशिर खनाल र विराजभक्त श्रेष्ठ भने दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि रवी लामिछानेको नेतृत्वमा सरकारमा गएको रास्वपाबाट ४ महिना विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री भएका थिए भने शिशिर खनाल २ महिना शिक्षा मन्त्री भएका थिए ।
महिला मन्त्रीहरुमा भने ४ जना समानुपातिक सांसद रहेका छन् । समानुपातिक सांसदलाई मन्त्री नबनाउने भनिएपनि रास्वपाले ति महिलाहरुलाई भने विभिन्न मन्त्रालय सुम्पेको हो ।
प्रतिक्रिया