वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपप्रधानमन्त्री पौडेलको बन्दी प्रत्यक्षीकरण रिट

सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन सर्बोच्चको आदेश

सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन सर्बोच्चको आदेश
अर्थटुडे
२०८३ असार १६, मंगलवार

काठमाडौ । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलको मुद्धामा सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतले उक्त रिटसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश जारी गरेको हो।

पौडेलकी श्रीमती दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अब विशेष अदालतमा रहेको सम्पुर्ण मिसिल सर्वोच्च अदालतमा पेश गरेपछि सम्पुर्ण कागजात अध्ययनपछि मात्र बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ अगाडी बढाइने अदालतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?