काठमाडौ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उप‐प्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई पुनः थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार फेरि ५ दिनकोलागि म्याद थपेको हो ।
यो पौडेल विरुद्धको म्याद थप चौथो पटक हो । पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ । व्यवसायी दिपक भट्टसँगको मिलेमतो भएको संकेत पाएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई असार ८ गते सुर्खेतको एक कार्यक्रमबाट नै पक्राउ गरेको थियो ।
यसअघि पौडेलपत्नी दोमाया पौडेलले आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सो रिट असार १८ गते नै खारेज भइसकेको छ
प्रतिक्रिया