काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
गत वर्ष कम्पनीले २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया