वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्ड्राइभद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे ७ करोड सहयोग

इन्ड्राइभद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे ७ करोड सहयोग
अर्थटुडे
२०८३ भाद्र २५, बिहीबार

काठमाडौं । विश्वव्यापी मोबाइलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

इन्ड्राइभले नेपाल सरकारमार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा योगदान गरेको जनाएको छ । कम्पनीका नेपाल प्रतिनिधिहरूको उपस्थितिमा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । नेपाल–चीन सीमाक्षेत्र नजिक हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो। बाढीका कारण घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत क्षति पुगेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी इन्ड्राइभले नुवाकोटको विदुर नगरपालिका–८ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराएको जनाएको छ । कम्पनीले प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्ल्यांकेट तथा सेनिटरी प्याडलगायतका अत्यावश्यक सामग्री वितरण गरेको हो ।
विपद्पछिको कठिन अवस्थामा दैनिक जीवन सञ्चालनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराई प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु सहयोगको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

इन्ड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टोम्स्कीले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति संवेदना व्यक्त गर्दै नेपाल–इन्ड्राइभ समुदायको महत्वपूर्ण हिस्सा भएकाले कठिन समयमा नेपाली जनताको साथमा रहन चाहेको बताएका छन् । उनका अनुसार कम्पनीको सहयोग तत्काल राहतमा मात्र सीमित नभई प्रभावित समुदायलाई सामान्य जनजीवनतर्फ फर्काउन तथा पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा समेत योगदान गर्ने उद्देश्यले गरिएको हो ।

इन्ड्राइभले बाढीमा आफन्त गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै अझै बेपत्ता आफन्तको खबर पर्खिरहेका परिवार तथा विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाएको छ । कम्पनीले सहयोगमार्फत तत्काल राहतका साथै प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा समेत योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?