वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लामिछाने भारतीय स्काउटको सर्वोच्च पदकबाट विभुषित

अर्थटुडे
२०७१ फाल्गुन ५, मंगलवार

काठमाडौ । गणतन्त्र भारतका राष्ट्रपति प्रणव मुखर्जीले विश्व स्काउट संगठनको एशिया प्रशान्त क्षेत्रीय समितिका प्रथम उपाध्यक्ष श्रीराम लामिछाने लाई भारत स्काउट तथा गाइड्स एशोसियसनको सर्वाेच्च पदक सिल्भर एलिफेण्ट (चाँदीको हात्ती) पदकबाट विभुषित गरिएको छ ।

Scan10001
उपाध्यक्ष लामिछानेलाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा सो विभुषणबाट विभुषित गरिएको थियो ।

नेपालमा मात्रै नभई एशिया प्रशान्त क्षेत्रका सदस्य मुलुकहरुमा स्काउटको विकास तथा सुधारमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै उपाध्यक्ष लामिछानेलाई सो विभूषण प्रदान गरिएको भारत स्काउटस् तथा गाइड्स एशोसियसनका प्रमुख आयुक्त बि.आई.नागारालेले बताएका छन् ।

भारत स्काउटस् तथा गाइड्स एशोसियसनको सर्वाेच्च पदक सिल्भर एलिफेण्ट पाउने उपाध्यक्ष लामिछाने नै नेपाल स्काउटको इतिहासमा पहिलो नेपाली हुन् । उनी नेपाल स्काउटको निर्वतमान प्रमुख आयुक्त एव्म ललितपुर जिल्ला स्काउटका वर्तमान जिल्ला आयुक्त हुन् ।

उनी यसअघि नेपालको स्काउट सम्बन्धि बिभिन्न उच्च पदकहरु ल्गायत थाइलैण्ड, जापान, ताइवान, सिंगापुर, फिलिपिन्स, मलेसिया, कोरिया, पिmनलैण्ड, बंगलादेश, लक्जमबर्ग लगायत विभिन्न मुुलुकका स्काउट संगठनको उच्च पदकका साथ सम्मानित भईसकेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?