काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) र युकेएड सक्षमले वित्तिय पहुँचको विस्तार गर्ने परियोजना सम्झौतामा सोमबार हस्ताक्षर गरेका छन् ।
युकेएड सक्षमको सहयोगमा नेफ्स्कुनले नेपालको मध्य र सुदुर पश्चिमका बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत क्षमताको विकास र उनीहरुको थोक कर्जामा पहुँच विस्तार गर्न सहयोग गर्नेछ ।
यस परीयोजनाले ग्रामिण भेगमा रहेका सहकारी संस्थाहरुको पहुँच नेफ्सकुनमा सजिलोसगँ पु¥याउन नेफ्सकुनको क्षेत्रिय कार्यालयहरु दाङ र डडेल्धुरामा विस्तार गर्नका साथै सक्षमले त्यस क्षेत्रका बचत तथा ऋण सहकारीलाई नेफ्स्कुनको अन्तर लगानी कार्यक्रम तथा अन्य स्रोतहरुमार्फत थोक कर्जा लिन मदत गर्दछ । यसका अलावा अहिले थोक कर्जा उपयोग गरीरहेका सहकारीहरुको थप ऋण प्रदान गर्ने क्षमता बिस्तार गर्न सघाउ पु¥याउने छ ।
यस परीयोजना मार्फत नेफ्स्कुनले परियोजना अवधिमा २०० सहकारी संस्थाहरुको क्षमता विकास गर्नेछ । यस मार्फत सहकारी संस्थाहरुले ३० हजार नयाँ सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्नेछन ।
क्षमता अभिवृद्धि पछि यी सहकारीहरुले नेफ्सकुन लगायत अन्य थोक कर्जा प्रदान गर्ने संस्थामार्फत कैलालि, डडेल्धुरा, डोटि, बैतडी, कंचनपुर, रोल्पा, प्युठान, दाङ, रुकुम र सल्यान जिल्लाका ग्रामिण क्षेत्रमा ६ अर्ब भन्दा भन्दा बढि ऋण परिचालन गर्नेछन ।
कार्यक्रममा बोल्दै नेफ्स्कुनका अध्यक्ष श्री ऋषिराम घिमिरेले भन्नुभयो, “सहकारी र थोक कर्जाले नेपालको ग्रामिण क्षेत्रमा वित्तिय सेवा पु¥याउन महत्वपुर्ण योगदान गरेको छ । दुर्गम क्षेत्रमा थप पहुँच पु¥याउन सहकारीहरुको क्षमता विकास अपरिहार्य छ । सक्षमसगँको यस परियोजनाले सहकारीको क्षमता अभिवृद्धि गर्न र सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।”
कार्यक्रममा बोल्दै नेफ्सकुनका प्रमुख कार्यकारी अधिकृत श्री शिबजी सापकोटाले भन्नुभयो, “दुर्गम क्षेत्रका मानिसहरुलाई गुणस्तरीय वित्तिय सेवा विस्तार गर्न अत्याबश्यक भइसकेको छ । सक्षमसगँको सहकार्यमा सहकारीहरुको क्षमता अभिवृद्धि गरी सफल र दिगो कार्यान्वयन गर्न जरुरी छ ।”
कार्यक्रममा बोल्दै सक्षमका टोली प्रमुख श्री बलजित बोहराले भन्नुभयो, “नेपालको विकास र समृद्धि ग्रामिण क्षेत्रका मानिसहरुको सशक्तिकरण र उनिहरुको वित्तिय सेवामा पुग्ने पहुँचसगँ जोडिएका छ , नेफ्स्कुनले सहकारी मार्फत अहिले गरीरहेको कामले ग्रामिण क्षेत्रका मानिसहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याउन मदत पु¥र्याएको छ । यस्तो संस्थासगँ सहकार्य गरेर वित्तिय पहुँच विस्तार अभियानमा सघाउ पु¥याउन पाउदा हामी उत्साहीत छौँ ।”
प्रतिक्रिया