वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हातेमालो साकोस प्रदेश नं. २ को उत्कृष्ट सहकारी संस्था

हातेमालो साकोस प्रदेश नं. २ को उत्कृष्ट सहकारी संस्था
अर्थटुडे
२०७३ भाद्र २३, बिहीबार

बारा । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था प्रदेश नं. २ को उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २९ औं स्थापना दिवसको अवसरमा काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा हातेमालोलाई उक्त सम्मान दिने पुरस्कार छनोट समितिका संयोजक एवम् मीनराज कंडेलले घोषणा गरेका हुन् ।

यस वर्षको मुलुककै सर्वोत्कृष्ट सहकारीको रुपमा स्कोप सहकारी ललितपुरलाई सम्मान घोषणा गरिएको छ । त्यस्तै महिलाहरुतर्फ सहारा साकोस धादिङ र जिल्ला संघमा रुपन्देहीलाई सम्मान घोषणा गरिएको छ ।
स्थापनाको नवौं वर्ष प्रवेशसंगै हातेमालोले आफनो सफलताको सिढी चढदै गर्दा प्रादेशिक तहको सम्मान प्राप्त गरेको अध्यक्ष कृष्ण पौडेलले बताए ।

यसअघि २०६७ सालमा डिभिजन सहकारी कार्यालयले जिल्लाको सर्वोत्कृष्ट संस्था, राष्ट्रिय सहकारी बैंकले २०६९ सालमा उत्कृष्ट संस्था र जिल्ला विकास समिति बाराले २०७० सालमा जिल्लाको उत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको थियो ।

२३०० सदस्यहरुवीच करीव २१ करोडको कारोवार गरिरहेको हातेमालोले समुदायको वित्तिय आवश्यकताको सहजीकरण र सामाजिक एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस भेगमा उत्कृष्ट र सुलभ वित्तिय सेवा गरिरहेको संस्थाले सामाजिक उत्तदायित्वका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । हातेमालोले सामाजिक व्यवसायको अन्य क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ ।

संस्थाको यो सफलताका लागि सम्पूर्ण सदस्यहरु तथा शुभेच्छुकहरुप्रति अध्यक्ष पौडेलले आभार प्रकट गर्दै संस्थाको सुदृढीकरण र गुणस्तरीयताका लागि संस्थाले राष्ट्रिय मापदण्ड प्रोवेशनको परीक्षामा रहेको र आफुहरु उतीर्ण हुने विश्वास रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?