वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीमैत्रीको ऐन ल्याउने नाममा नियमनमा खुकुलो बनाउन सकिदैन : केसी

सहकारीमैत्रीको ऐन ल्याउने नाममा नियमनमा खुकुलो बनाउन सकिदैन : केसी
अर्थटुडे
२०७३ भाद्र २६, आईतवार

काठमाडौं । सहकारी तथा गरिवी निवारण मन्त्रालयले अघि सारेको सहकारी ऐन—०७१ सहकारी विरोधी भएको अभियानकर्मीले आरोप लगाइरहेका बेला सरकारले भने सहकारीमैत्री ऐन ल्याउने नाममा नियमन खुकुलो बनाउन नसकिने स्पष्ट पारेको छ । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले सहकारीका विकृति, विसंगति अन्त्य गर्नका सहकारी ऐनमा नियमनका कुरा स्पष्ट व्यवस्था गरिने बताएका छन् ।

arjunnarsihha-kc
उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको आठौं साधारणसभामा बोल्दै मन्त्री केसीले सहकारीलाई सस्दय केन्द्रीत बनाउने गरी सहकारी ऐन ल्याउने बताए । सहकारीमैत्री ऐन ल्याउने दाबी गर्दै मन्त्री केसीले भने–सहकारीमैत्रीको नाममा सहकारीको नियमनमा खुकुलो बनाउन सकिन्न ।’ नियमनको कमजोरीका कारण सहकारीमा समस्या सिर्जना भएको उनको भनाई थियो ।
मन्त्री केसीले सहकारीको लक्ष्य र एकतालाई जोड्दै सहकारीमार्फत आर्थिक संमृद्वि चाहेको बताए । सहकारीमार्फत आर्थिक संमृद्वि निश्चित भएकाले राज्यले सहकारीलाई विशेष जोड दिने बताए ।

पूर्व अर्थमन्त्री शंकरप्रशाद कोइरालाले सहकारीले लगानी विविधीकरणमा जोड दिनुपर्ने बताए । सहकारीमार्फत आर्थिक विकास संभव हुने भएकाले सहकारीले लगानीको दायारा फराकिलो बनाउन आवश्यक भएको बताए ।

गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारणका सबै काम सहकारीमार्फत लैजान चाहेको बताए । गरिब र पिछडीएका वर्गको छुट्टै सहकारी निर्माण गरेर सरकारी कार्यक्रम लैजानुपर्नेमा उनले जोड दिए ।
महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष भानुभक्त ढकालले सहकारी ऐनको मस्यौदा संसदमा पुगेको भएपनि पारित हुदाँ सहकारीमैत्री भएर आउने विश्वास व्यक्त गरे । सहकारीले सञ्चालककोे निहित स्वार्थ नहेरी सदस्यको हितलाई पहिलो प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

दूग्ध विकास संस्थानका महाप्रबन्धक गंगाप्रशाद तिमिल्सिनाले सहकारीमार्फत कृषि उत्पादनमा जोड दिए । संस्थाले दूध संलकनमा सहकारीलाई प्राथमिकता दिएको बताए ।

राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रशाद ढकालले सहकारीलाई लगानी गर्न समस्या रहेको भन्दै अब बन्ने ऐनले सहकारीमार्फत उद्योग स्थापना गर्न सकिने व्यवस्था गर्न विशेष जोड दिनुपर्ने बताए ।

हरेकपल डटकमका प्रधानसम्पादक पुरुषोतम दाहालले सहकारीले व्यवसायिक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । देशको आर्थिक विकासका लागि सहकारीमैत्री ऐन अपरिहार्य भएको उनको भनाई थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?