काठमाडौ । भोटेकोशीमा आएको बाढीले देशका विभिन्न जिल्लामा कल्पनाभन्दा बाहिरको मानवीय क्षति पुर्याएको छ। नेपाल प्रहरीले मंगलबार विहानसम्ममा एक हजार १० जनाको शव फेला परेको जानकारी दिएको छ। प्रहरीले आफ्नो वेवसाइट मार्फत भोटेकोशीमा आएको भीषण बाढीले ४ हजार ५९९ जना हराइरहेका छन् । मृत्यु हुनेमा ६५ जना बालबालिका रहेका छन् । त्यस्तै ३५१ जना घाइते भएको पनि प्रहरीले पुष्टी गरेको छ ।
त्यस्तै प्रहरीका अनुसार ५८१ जनाको शव जमिनमुनी गाडिएको छ भने ५६ जनाको लाश भने उनीहरुको आफन्तलाई नै बुझाइसकिएको छ। त्यस्तै ८४७ जना पहिचान नभएको लाश रहेको छ भने ४२७० जना घाइतेको उद्धार गरिएको छ । त्यसमध्ये ५८० जना विदेशी रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने देखिएको छ। हराइरहेकाहरुको खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।
रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाहरूमा ठूलो संख्यामा मजदुर र प्राविधिकहरू फसेको खबरले पहिले नै त्रसित बनाएकोमा, तल्लो तटीय क्षेत्रमा भेटिएका शवहरूको यो संख्याले विपद्को भयावह रूपलाई प्रष्ट पारेको छ। सडक सञ्जाल अवरुद्ध भएकाले धेरै दुर्गम क्षेत्रमा अझै उद्धार टोली पुग्न सकस भइरहेको छ।
विपद् व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र आधिकारिक सूचनाको निरन्तर निगरानी गर्न आग्रह गरेको छ।
प्रतिक्रिया