वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिनव इंन्कले सुरु गर्यो ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ अभियान, सहकारी संस्थालाई उत्कृष्ट प्रविधि दिने घोषणा

जिनव इंन्कले सुरु गर्यो ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ अभियान, सहकारी संस्थालाई उत्कृष्ट प्रविधि दिने घोषणा
अर्थटुडे
२०८१ असार २०, बिहीबार

काठमाडौं । एक दशक बढी समयदेखि वर्षदेखि कोर बैंकिङ्ग सम्वन्धी प्राविधिक सेवा उपलब्ध गराउँदै आइरहेको जिनव इंन्क प्रालीले ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु गरेको छ । सहकारी संस्थाहरुको सेवाहरुलाई प्रविधि मैत्री बनाउदै यसका लागि नेपालकै उत्कृष्ट प्रविधि उपलब्ध गराउने उद्देश्य सहित कम्पनीले अभियान सुरु गरेको हो ।

कार्यक्रममा कम्पनीले विकास र प्रवद्र्धन गरिरहेको फिनएक्स को–अपरेटिभ सफ्टवेयरका साथै वित्तीय बजारमा विकास भएका नयाँ प्रविधि तथा सहकारीमा प्रविधिमा आधारित सेवा सञ्चालनका चूनौति र सम्भावनाका विषयमा छलफल गर्ने उद्देश्य रहेको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर रमिता चौधरीले जानकारी दिइन् । पहिलो चरणमा मध्यपश्चिम तथा सुदुरपश्चीमका जिल्लाहरुमा ‘डिजिटल भविश्यका लागि सहकारीमा प्रविधिको सशक्तिकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमबाट अभियानको सुरुवात गरेको छ ।

जेठ १४ देखि असार १४ गतेसम्म चितवनको नारायणघाट, बाँकेको नेपालगञ्ज र कोहलपुर, रुपन्देहीको वुटवल, सुर्खेतको मेलकुना तथा विरेन्द्रनगर, बर्दिया, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । यस्तै जिल्लाका विभिन्न सहकारी संस्थाहरुसँग समेत छुट्टाछुट्टै छलफल गरिएको छ । कार्यक्रममा १५० वटा भन्दा बढी संस्थाका संचालक तथा उच्च व्यवस्थापकहरुको सहभागिता थियो ।

कार्यक्रममा फिनएक्स को–अपरेटिभ सफ्टवेयरमा थप भएका कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल (‘Loanwolf’-loan processing model) गो एएमएल (Go AML), कोपोमिस (COPOMIS), पल्स मनिटरिङलगायत नयाँ अन्य सुविधाहरुबारे डेमो प्रस्तुत गरिएको थियो । यस्तै कम्पनीले विकास गरेको डिजिटाइजेसन सम्बन्धी एप्सहरु एम कोप एपमार्फत क्युआर कोड भुक्तानी तथा फस्यौट, मिसकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम (SCT & COOP Card) लगायतका सुविधाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

सिइओ चौधरीले सहजिकरण गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष, वरिष्ठ डेभलपर तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थिती थियो । कम्पनीले साउन १५ गतेपछि पुर्वी तराईका जिल्लाहरुमा समेत यस्तै प्रकृतिको कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ ।

लामो समयदेखि सहकारी क्षेत्रका लागि आवश्यक प्रविधिहरुको विकास गर्दै आएको कम्पनीले गत साउन १ गतेदेखि फिनएक्स को–अपरेटिभ सफ्टवेयर नामबाट नयाँ नयाँ विषेशता सहितको प्रविधिहरुको विकास र विस्तार गरिरहेको छ । हाल ४ सय वटा भन्दा बढी संस्थाहरुले कम्पनीले विकास गरेको फिनएक्स को–अपरेटिभ सफ्टवेयर सेवा प्रयोग गरिरहेका छन् । जसमध्ये हाल १५० भन्दा बढी संस्थाहरुले क्लाउडमा आधारित सेवाहरु उपभोग गरिरहेका छन् । कम्पनीले क्लाउडमा आउन बाँकी संस्थाहरुलाई पनि विशेष सुविधा सहितको योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको पहिलो त्रैमासभित्र बाँकी संस्थाहरु पनि क्लाउडमा आइसक्ने कम्पनीकी सिइओ इञ्जिनियर चौधरीले दावी गरिन् ।

कम्पनी हाल फिनएक्स को–अपरेटिभ सफ्टवेयरलाई नेपालकै सबैभन्दा बढी विशेषता भएको सफ्टवेयरका रुपमा विकास गर्ने योजना सहित अघि बढिरहेको छ । यसका लागि लामो समयदेखि सफ्टवेयर निर्माणमा विज्ञ रहेकी वरिष्ठ इञ्जिनियर तथा सिइओ रमिता चौधरीको नेतृत्वमा काम गरिरहेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?