वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वित्तिय कारोबार गर्ने सहकारीहरुको लागि विशेष ऐनको माग गर्दै सकियो पाचौ साकोस शिखर गोष्ठी

वित्तिय कारोबार गर्ने सहकारीहरुको लागि विशेष ऐनको माग गर्दै सकियो पाचौ साकोस शिखर गोष्ठी
अर्थटुडे
२०८२ पुष ४, शुक्रबार

काठमाडौ । वित्तीय कारोबार गर्ने सहकारीहरुका लागि विशेष ऐनको माग गर्दै पाँचौ साकोस शिखर गोष्ठी सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को बृहत लक्ष्य अनुरुप आयोजित ‘साकोस शिखर गोष्ठी २०८२’ गत पौष ३ र ४ गते ललितपुरमा आयोजना गरेको थियो ।

सो गोष्ठीमा सहभागि नेफ्स्कुनका सदस्यहरुले सम्पत्ति शुद्धिकरण निवारण ऐनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ, त्यस्तै सहकारी मूल्य मान्यता सिद्धान्तलाई आत्मानुभूति गरी उच्च प्राथमिकतामा राखी कार्यव्यवहारमा उतार्न निरन्तर सिकाई मार्फत सहकारी मूल्यमा आधारित नेतृत्वनिर्माणमा प्रतिवद्ध हुने, स्वनियमनमा आधारित नियमित सघन सुपरिवेक्षण कार्यढाँचा (स्क्यान) र स्थीरिकरण कोषमा आवद्ध भई नियमित रुपमा नियमनकारी आवश्यकता परिपूर्ति गर्दै संस्थामा जोखिम न्यूनिकरण गर्ने, श्रोतहरुको उचित एवम् सन्तुलित परिचालन गर्न बजार सृजना, वित्तीय साक्षरता एवम् शिक्षा, उद्यमशिलता विकास र प्राविधिक शिक्षालाई जोड दिने लगायतका प्रतिबद्धता गरेका छन् ।

त्यसैगरी सस्थागत सुसासन कायम गर्ने र नेफ्स्कुनको वित्तीय सन्तुलन कायम राखी दीगो र प्रतिस्पर्धि अभियान निर्माणका लागि श्रोत परिचालनमा केन्द्रीय तरलता बचत र विशिष्टिकृत बचत कारोबारहरुको विश्वव्यापी कार्यढाँचाको परिमार्जनलाई निरन्तरता दिने पनि सहभागि सदस्यहरुले प्रतिबद्धता जनाएका छन् ।

गोष्ठीमा ५१ जिल्लाबाट ८०० जना संघ÷संस्थाहरुको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको प्रतिनिधित्व थियो ।
नियामकीय अनुकूलन विषयक शिखर गोष्ठीका सहभागीहरुले आफ्नो संघ÷संस्थामा नियामक र अभियानले तय गरेका मापदण्डमा आधारित रही आन्तरिकरुपमा अनुगमन, नियमन गरी गराई संगठनलाई सही मार्गमा डोर्याउने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?