वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंक गठन गर्ने बाटो खुल्यो, न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब

सहकारी बैंक गठन गर्ने बाटो खुल्यो, न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब
अर्थटुडे
२०८२ पुष ६, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ्ग कारोबार गर्ने इजाजत पाउने गरी सहकारी बैंकको अनुमति पाउने बाटो खुला गरेको छ । केन्द्रीय बैंकले सहकारी बैंकका लागि पहिलो पटक निर्देशन जारी गर्दै बैंकको पुँजीगत संरचना, पुँजीकोष, ऋण लगानीका, राष्ट्र बैंकले गर्ने कारवाहीलगायतका व्यवस्थामा कडाइ गरेको हो ।

सहकारी ऐन २०७४ मा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था भएपनि राष्ट्र बैंकसँग स्पष्ट निर्देशन नहुँदा अन्यौल थियो । निर्देशनले सहकारी बैंकको पुँजी तथा सञ्चालन प्रक्रियाबारे स्पष्ट पारेको छ । यद्यपी अझै सहकारी बैंकलाई लाइसेन्स दिने प्रक्रियाबारे भने निर्देशनमा उल्लेख छैन । यसअघि नेपाल सहकारी बैंक गठन प्रक्रिया अघि बढाए पनि राष्ट्र बैंकका पुगेर रोकिएको थियो ।

राष्ट्र बैंकले सहकारी बैंक सञ्चालनका बारेमा स्पष्ट व्यवस्था नभएको भन्दै अनुमति दिन आनाकानी गर्दै आएको थियो । निर्देशनमा बैंकको प्राथमिक पुँजीकोष जोखिम भारित सम्पत्तिको कम्तीमा ४ प्रतिशत हुनुपर्ने, कुल पुँजीकोष कुल जोखिम भारित सम्पत्तिको कम्तीमा ८ प्रतिशत तोकेको छ । राष्ट्र बैंकले तोकिएको पुँजीकोष कायम नगर्ने सहकारी बैंकहरूलाई र बोनस शेयर वितरणमा रोक, नयाँ शाखा खोल्न निषेध, र उच्च व्यवस्थापनको तलब÷भत्ता वृद्धिमा रोक देखि समस्याग्रस्त घोषणा र इजाजतपत्र नै रद्द गर्न सकिने प्रावधान राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?