वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणी सार्वजनिक, ऋण नतिरे कानुनी कारबाही

समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणी सार्वजनिक, ऋण नतिरे कानुनी कारबाही
अर्थटुडे
२०८३ बैशाख २४, बिहीबार

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न थालेको छ । समितिले बुधबार पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारीका ९२ जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको हो ।

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न आग्रह गरेको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।
समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिनेछ । त्यसअघि नै सम्बन्धित ऋणीहरूले समितिको कार्यालयमा सम्पर्क गरी ऋण तिर्न आग्रह गरिएको छ ।
यसरी नाम सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन् ।

समस्याग्रस्त सहकारीबाट बचतकर्ताको रकम फिर्ता प्रक्रिया प्रभावकारी बनाउन समितिले ठूला ऋणीबाट कर्जा असुलीलाई प्राथमिकतामा राख्दै आएको छ ।

सरकारले आगामी जेठ पहिलो साताबाट समस्याृग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने योजना सार्वजनिक गरिसकेको छ । यसका लागि स्थापना गरेका चक्रिय कोषमा २५ करोड रुपैयाँ जम्मा गरेको छ । सरकारले बचत फिर्ताका लागि ऋण असुलीलाई पनि जोड दिएको हो ।

 

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?