वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकको चुनाव

बाग्मती र सुदुरपश्चिमका लागि मात्र निर्वाचन हुने

बाग्मती र सुदुरपश्चिमका लागि मात्र निर्वाचन हुने
अर्थटुडे
२०८३ बैशाख ३१, बिहीबार

काठमाडौ सातै प्रदेशबाट एक–एक जना प्रतिनिधित्व हुने गरी संचालकहरुको निर्वाचन हुन लागेको राष्ट्रिय सहकारी बैंकको बाग्मती र सुदुरपश्चिम प्रदेशको मात्र निर्वाचन हुने भएको छ ।

अन्य पाँच प्रदेशबाट एक एक जना संचालकले मात्र निर्वाचनका लागि उमेदवारी दिएपछि उनीहरु स्वतः सो प्रदेशबाट संचालक भएका छन् । बाग्मती प्रदेशबाट भने पाँच र सुदुरपश्चिम प्रदेशबाट ३ जनाले संचालक पदका लागि आवेदन दिएपछि ति क्षेत्रबाट आउने संचालकको लागि भने निर्वाचन हुने भएको हो ।

राष्ट्रिय सहकारी बैंकका अनुसार बाग्मती प्रदेशको लागि संचालकमा रामहरी शर्मा तिमल्सिना, परितोष पौडेल, ध्रुवराज विष्ट, रामशरण शर्मा घिमिरे र बद्रीप्रसाद संजेलले उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सुदुरपश्चिमबाट प्रदेशबाट मनमोहन विष्ट, सुरेन्द्रबहादुर बडुवाल र अमरनाथ न्यौपानेले उमेदवारी दर्ता गराएका छन् ।

तर कोशी प्रदेशबाट संचालकका लागि लक्ष्मीप्रसाद उप्रेती सर्बसम्मत  निर्वाचित भएका छन् भने मधेश प्रदेशबाट मन्दिरा आचार्य निर्वाचित भएकी छिन्। त्यस्तै गण्डकी प्रदेशबाट कमलादेवी गिरी, लुम्बीनीबाट विष्णुप्रसाद बराल र कर्णाली प्रदेशबाट कालीप्रसाद महतरा सर्बसम्मत निर्वाचित भएका छन् ।

सहकारी बैंकको निर्वाचन आगामी जेठ ९ गने हुने तय भएको छ । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार अब बैंकमा जम्मा ७ जना निर्वाचित र दुईजना मनोनित विज्ञ गरी ९ जनाको संचालक समिति रहने छ । संचालक समितिले नै आगामी अध्यक्ष चयन गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले गरेको निर्देशन बमोजिम बैंकले निर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?