काठमाडौं । बचत तथा ऋण सहकारीहरुको क्षेत्रिय संगठन एशियाली ऋण महासंघ (अकू) को द्वितीय उपाध्यक्षमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।
मलेसियाको क्वालालम्पुरमा आईतबार सम्पन्न अकूको ४५ औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । जसमा दक्षिण कोरियाबाट यङ–चुल कोच, थाइल्यान्डबाट दानुक्रित कटाम्पाकोम, नेपालबाट चन्द्रप्रसाद ढकाल, फिलिपिन्सबाट रे डी. लाबासानो र ताइवानबाट लियो चुन फोङलाई सञ्चालकमा निर्वाचित गरेको छ । त्यसैगरी, इन्डोनेसियाबाट डा. वारे साबोर डोमिनिकसलाई प्रथम र श्रीलंकाबाट एल. बी. देसनायकेलाई द्वितीय वैकल्पिक सञ्चालकमा निर्वाचित गरेको छ ।
सञ्चालककमध्येबाट दक्षिण कोरियाका कोचलाई अध्यक्षमा त्यस्तै, थाइल्यान्डका कटाम्पाकोम प्रथम उपाध्यक्ष र नेपालका ढकाल द्वितीय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपालको बचत तथा ऋण सहकारी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन अकूको उपस्थिती महत्वपूर्ण हुने ढकालले प्रतिक्रिया दिए । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बचत तथा ऋण सहकारीको पहिचान र प्रभावका बढ्दो रहेको उनले बताए ।
यसअघि नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरे अकूको अध्यक्ष बनेका थिए ।
प्रतिक्रिया