वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको वित्तिय क्षेत्रमा अधिक तरलताको समस्या २५ अर्बको ऋणपत्रमा सवा १२ खर्बको आवेदन

नेपालको वित्तिय क्षेत्रमा अधिक तरलताको समस्या २५ अर्बको ऋणपत्रमा सवा १२ खर्बको आवेदन
अर्थटुडे
२०८२ पुष १४, सोमबार

काठमाडौ । नेपालको बैंक, वित्तीय संस्थाहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रमा माग भन्दा ४८ गुणा बढीको आवेदन परेको छ । बार्षिक २.६४ प्रतिशतदिने गरी सोमबार नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ खुल्ला गरेको थियो ।

जसमा १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँको आवेदन परेको छ । जवकी नेपाल राष्ट्र बैंकले जम्मा २५ अर्ब रुपैयाँ बराबरको एक बार्षको लागि ऋणपत्र जारी गरेको थियो । सो ऋणपत्रमा ३२ बैंक, वित्तीय संस्थाहरुले १२९ ओटा वोलकबोल मार्फत सो रकम बराबरको आवेदन गरेका छन् ।

हालसम्म राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा उपकरणमार्फत बजारबाट ६ महिनासम्म अवधिका बजारबाट पैसा उठाउदै आएको छ । तर, बैंकिङ प्रणालीको अधिक तरलताको समस्या तत्काल समाधान नहुने स्थिति देखिएपछि राष्ट्र बैंक ऋणपत्रमार्फत एक वर्ष अवधिका लागि बजारबाट पैसा उठाउन थालेको छ ।

राष्ट्र बैंकले २ खर्ब बराबरको ऋणपत्र जारी गर्ने निर्णय गरेपनि खुल्ला बजार सञ्चालन समितिले बजारमा कायम तरलताको अवस्था विश्लेषण गरी ऋणपत्र जारी गर्नेछ ।

सो ऋणपत्रमा बैंक तथा वित्तिय संस्थाले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

NRB-Bond_2083_Ka_Notice-1

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?