वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकको तथ्यांकमा त्रुटी, सर्वसाधारणलाई जानकारी नदिइ सुटुक्क सच्याइयो !

अर्थटुडे
२०८२ पुष १६, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने गरेको तथ्यांकमा त्रुटी पाईएको छ । बैंकले प्रकाशित गरेको एक तथ्यांक गलत भएपनि सर्वसाधारणलाई जानकारी नदिइ सुटुक्क सच्याएको हो । प्रशंग हो, राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले प्रकाशित गरेको तथ्यांक । विभागले पुस १४ गते सोमबार जारी गरेको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ मा कुल १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँका लागि बोलकबोल परेको सूचना प्रकाशित गरेको थियो ।

सोही आधारमा सञ्चारमाध्यमहरुले मागभन्दा ४८–४९ गुणा बढीको आवेदन परेको भन्दै समाचार पनि प्रकाशित गरेका थिए । तर, बुधबार भने राष्ट्र बैंकले सोही तथ्यांकलाई सुटुक्क सच्याएर १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको ऋणपत्रका लागि मात्र आवेदन परेको सूचना प्रकाशित गरेको छ । पहिलो पटक प्रकाशित तथ्यांक गलत भई सच्याए पनि राष्ट्र बैंकले सर्वसाधारणलाई जानकारी दिएको छैन ।

यस्तो थियो पहिलेको तथ्यांक

सच्याइएको तथ्यांक

पुस १४ गतेको समाचार

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?