वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने
अर्थटुडे
२०८२ पुष २०, आईतवार

काठमाडौ । एनआईसी एशिया बैंक लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकको हाल चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ । सो को ५० प्रतिशत अर्थात् ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

आइतबार बसेको बैंकको संचालक समितिको बैठकले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । पुँजीकोषमा दवाव परेर व्यवसाय विस्तारमा कठिनाइ भएपछि बैंकले हकप्रद जारी गरेर पुँजीकोषको दवावलाई कम गर्न खोजेको हो ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बाणिज्य बैंकहरुले आफ्नो पुँजीकोष ८.५ प्रतिशत कायम गर्नुपर्छ । एनआइसी एसिया बैंकको सोही हाराहारीमा पुँजीकोष पुगेकोले जम्मा ८ देखि १० अर्ब बराबरको मात्र उनीहरुले थप ऋण प्रबाह गर्न पाउने छन् । हकप्रद सेयर जारीपछि दवावमा परेको पुँजीकोष केही कम हुने बैंकले जनाएको छ ।

बैंकको सो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात २ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?