काठमाडौ । चालु आर्थिक बर्षको पाँच महिनामा विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब पुगेको छ । यो इतिहासकै सबैभन्दा बढी हो । रेमिट्यान्स प्रबाहमा आएको बृद्धि तथा लगानीको क्षेत्रमा भएको सुस्तताका कारण नेपालमा बैदेशिक विनिमय संचिति बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय संचितिले १८.२ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ भने २१.७ महिनको बस्तु आयात धान्न पर्याप्त पुग्छ । चालु आर्थिक बर्षको पाँच महिनामा नेपालमा ७ खर्ब ६६ अर्ब रुपैयाँ बरबरको आयात भएको थियो ।
प्रतिक्रिया