वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेन्जी आन्दोलनपछि निर्जीवन बीमा कम्पनीको व्यवसायमा उछाल

जेन्जी आन्दोलनपछि निर्जीवन बीमा कम्पनीको व्यवसायमा उछाल
अर्थटुडे
२०८२ माघ १४, बुधबार

काठमाडौं । जेनजी आन्दोलनका कारण निर्जीवन बीमा कम्पनीहरुमा ठूलो दावी भुक्तानी परेपनि त्यसपछि भने व्यवसाय विस्तारमा उछाल देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को पुससम्ममा निर्जीवन बीमा कम्पनीहरुको ब्यवसाय साढे १३ प्रतिशतले बृद्धि भएको छ ।

पछिल्लो समय देशको आर्थिक गतिविधि चलायमान हुनका साथै बैंकबाट कर्जा प्रवाहमा पनि सुधार भएपछि बीमा कम्पनीहरुको व्यवसायमा पनि बृद्धि भएको बीमकहरु वताउँछन् । यसैगरी जेन्जी आन्दोलनले व्यवसाय विस्तारमा थप सहयोग गरेको छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आवको पुससम्ममा लघुबाहेकका १४ ओटा निर्जिवन बीमा कम्पनीहरुले १४ लाख १९ हजार ५४८ ओटा बीमालेख बिक्रीबाट २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । गत आवको पुससम्म कम्पनीहरुले १३ लाख ८९ हजार ३१९ ओटा बीमालेख बिक्रीबाट २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । गत आवको तुलनामा चालु आवको पुससम्म कम्पनीहरुको व्यवसाय १३ दशमलव ३७ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ ।

हाल १४ ओटा निर्जीवन बीमा कम्पनीहरुमध्ये चालु आवको पुससम्ममा सबैभन्दा बढी शिखर इस्योरेन्सले २ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ मात्र संकलन गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?