काठमाडौं । चालु आर्थिक वर्ष आव २०८२/८३ को पुससम्म बाणिज्य बैंकहरुले साढे ३० अर्ब रुपैयाँ नाफा गरेपनि अधिकांश बैंकहरुको वितरणयोग्य नाफा भने ऋणात्मक बन्न पुगेको छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको पुससम्म नाफा बढेपनि बाणिज्य बैंकहरुको कुल वितरणयोग्य नाफा भने १४ अर्ब ९ करोड रुपैयाँले ऋणात्मक देखिएको छ । पुससम्मको वित्तीय विवरणमा ११ ओटा बैंकहरुको वितरणयोग्य नाफा सकारात्मक भएपनि ९ ओटाको नकारात्मक छ ।
एभरेष्ट बैंकले सबैभन्दा बढी ३ अर्ब ३४ करोड विवरणयोग्य नाफा गर्दा हिमालयन बैंक ९ अर्ब भन्दा बढी घाटामा छ ।
लाभांस वितरण गर्ने क्षमता पनि सबैभन्दा बढी हिमालयन बैंकको ३१ दशमलव ९३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । यसैगरी सञ्चित नाफा ऋणात्मक भएसँगै बैंकहरुले लगानीकर्ताहरुका लागि लाभांस वितरणको क्षमता पनि शुन्य रहेको छ ।
बैंकहरुले नाफाबाट जगेडालगायतका विभिन्न कोषमा रकम छुट्याएपछि बाँकी रहेको रकम मात्र वितरणयोग्य नाफामा राख्न पाउछन् । यसैगरी पाकेको ब्याजलाई खुद नाफाको रुपमा देखाउन पाउने भएपनि वितरणयोग्य नाफामा भने असुल हुन बाँकी ब्याज घटाउनुपर्छ । यस्तै नाफाबाट नियामक निकायले तोके अनुसार विभिन्न जोखिम वापत समायोजन समेत गर्नुपर्ने भएकाले बैंकको वितरणयोग्य नाफा प्रभावित हुन्छ ।
प्रतिक्रिया