वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल आइएमई बैंकमाथि राष्ट्र बैंककाे थप निगरानी

निरिक्षणका क्रममा भेटियो चुक्ता गरिसकेको ऋण पुनः सिर्जना गर्ने सफ्टवेयर

निरिक्षणका क्रममा भेटियो चुक्ता गरिसकेको ऋण पुनः सिर्जना गर्ने सफ्टवेयर
अर्थटुडे
२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौ । ग्लोवल आइएमई बैंक माथि नेपाल राष्ट्र बैंकले थप निगरानी बढाएको छ । चुक्ता भइसकेको ऋण पुनः सिर्जना गर्न सकिने सफ्टवेयर फेला पारेपछि केन्द्रिय बैंकले सो बैंक माथि थप निगरानी बढाएको हो ।

नेपाल राष्ट्र बैंकले गत माघ २९ गते सार्वजनिक गरेको तथ्यांक अनुसार ग्लोवल आइएमई बैंकले कोर बैकिङ सफ्टवेयरमा नै छेडखानी गरी चुक्ता भईसकेको कर्जा पनि पुनः नभएको देखाउन मिल्ने बनाएको थियो ।

राष्ट्र बैंकले ग्लोवल आइएमई बैंकमा गरेको स्थलगत निरिक्षणका क्रममा बैंकले प्रयोग गर्ने कोर बैकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै मितिमा राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको फेला पारेको थियो ।

यसरी बैंकले सफ्टवेयरमा नै छेडखानी गरी चुक्ता भइसकेको ऋणीलाई पनि पुनः ऋणी देखाउन सक्ने अवस्था देखेपछि सो बैंकका प्रमूख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई केन्द्रिय बैंकले सचेत गराएको छ ।

सो सफ्टवेयर मार्फत कतिजनाको चुक्ता भइसकेको ऋण पुनः सिर्जना भयो भन्नेबारे यकिन तथ्यांक भने राष्ट्र बैंकले उपलव्ध गराएको छैन ।
त्यस्तै सोही बैंकले विभिन्न ऋणी अनुसारको पर्याप्त कर्जा नोक्सानी (प्रोभिजनिङ) नगरेको र कर्जाको पुनर्तालिकीकरण र पुनर्सरचना सम्बन्धी व्यवस्था पुर्ण रुपमा पालना नगरेको भन्दै सिइओ रेग्मीलाई पुनः सचेत गराएको छ ।

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?