वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँच बर्षमा घरजग्गा कारोबार १.६ गुणाले बृद्धिः राष्ट्र बैैंक

पाँच बर्षमा घरजग्गा कारोबार १.६ गुणाले बृद्धिः राष्ट्र बैैंक
अर्थटुडे
२०८२ चैत्र ३०, सोमबार

काठमाडौ । पछिल्लो पाँच बर्षमा घरजग्गा कर्जा १.६ गुणा अर्थात् ६१.६८ प्रतिशतले बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रियलस्टेट सम्बन्धी एक अध्ययनका अनुसार पछिल्लो पाँच बर्षमा रियले स्टेट कर्जा (घरजग्गा) एक खर्ब ६१ अर्ब रुपैयाँले बढेको छ । जुन २ करोड भन्दा कम कर्जा लिनेहरुको हकमा हो ।

आर्थिक बर्ष २०७७/ ७८ को पहिलो त्रैमासमा २ खर्ब ५८ अर्ब ४६ करोड रुपैयाँ घरजग्गा कर्जा प्रबाह भएकोमा सो बढेर आर्थिक बर्ष २०८१/८२ को चौथो त्रैमासमा ४ खर्ब १७ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । घरजग्गा कर्जा बार्षिक औषतमा भने १२.४८ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेको छ ।

त्यस्तै घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रयमासमा २३ अर्ब ७ करोडसम्म पुगेकोमा आर्थिक बर्ष २०७९/८० को पहिलो त्रयमासमा ८.२ अर्बमा झरेपनि गत आर्थिक बर्ष २०८१/८२ मा सुधार भएर करिब १५ अर्बसम्म राजस्व पुगेको रिपोर्टले देखाएको छ ।

त्रैमासिक तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । पहिलो त्रयमासमा न्यून र तेस्रो तथा चौथो त्रयमासमा रियल–स्टेट कारोबार उच्च हुने देखिएको छ ।

कारोबार सङ्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ । त्यसपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ ।

कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ । घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उप–महानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्षको रुपमा लिई रियल–स्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन गर्न सुरु गरेको हो ।

रियल–स्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोबारको आधारमा गरिएको छ । रियल–स्टेट कारोबारको सङ्ख्या, कारोबारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व सङ्कलन र रियल–स्टेट क्षेत्रमा गएको बैंक कर्जा जस्ता तथ्याङ्कका आधारमा रियल–स्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको केन्द्रिय बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?