वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डेपुटी गभर्नर पण्डीतको सम्पत्ति

तीन/तीन करोडको जग्गा र बैंक ब्यालेन्स, २० तोला सुन

तीन/तीन करोडको जग्गा र बैंक ब्यालेन्स, २० तोला सुन
अर्थटुडे
२०८३ बैशाख १०, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डीतले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार उनी र श्रीमतीका नाममा गरी तीन करोड रुपैयाँ बराबरको जग्गा तथा तीन करोड बैंकमा बचत देखिएको छ । यस्तै २० तोला सुन र २५० तोला चाँदी पनि सम्पती रहेको छ ।

पण्डीतले काठमाडौंको टोखा नगरपालिकामा पत्नी कामना शर्मा पण्डीतका नाममा २ करोड २० लाखको जग्गा रहेको उल्लेख गरेका छन् । यसैगरी काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा, कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको देखाएका छन् । उक्त सम्पत्तिको स्रोत निजी तथा श्रीमतीको आय र बैंक ऋण रहेको उल्लेख गरिएको छ ।

यसैगरी पण्डीतले आफ्नो, श्रीमतीको र छोराछोरीको नाममा रहेका बैंक खाताहरुमा करिव तीन करोड रुपैयाँ बचत रहेको देखाएका छन् । जसमध्ये उनीसँग ४० हजार अमेरिकी डलर समेत बचत छ ।

पण्डीतले आफूसँग २० तोला सुन, २५० तोला चाँदी र २ लाख बराबरको हीरा रहेको खुलाएका छन् । यो सम्पत्ति स्रोतका रूपमा निजी आर्जन तथा विवाह तथा छोराछोरीको पास्नीमा पाएको उल्लेख छ । विभिन्न कम्पनीहरूको ७ सय कित्ताभन्दा बढी सेयर लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै बुबा केशरी राज पण्डितको नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा तथा काठमाडौंमा आमाको नाममा ६ आना जग्गा रहेको सम्पति विवरणमा खुलाइएको छ । यस्तै आमाको नाममा काठमाडौंको सामुखुशीमा साढे २ तलाको घर रहेको र उक्त सम्पति स्रोत पैत्रिक रहेको खुलाइएको छ ।

पण्डितलाई सरकारले चैत २४ गते डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?