काठमाडौ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) ले राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेले कृतिम सेल कम्पनी खडा गरी प्रभु बैंकबाट पटक पटक कर्जा लिई दुरुपयोग गरेको आरोपमा सिआइबीले बुधबार जनकपुरबाट पक्राउ गरेको हो ।
पाण्डेले इन्सिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेनरी साइन्स प्रा.लि नामक सेल कम्पनी÷कृत्रिम रुपमा व्यवसाय खडा गरी पटक पटक प्रभु बैंकबाट कजा लिई कर्जाको दुरुपयोग गरेको आरोप सिआइबीको छ ।
सिआइबीका अनुसार पाण्डेले कर्जा लिदा डिटेल प्रोजेक्ट प्लान विना तथा धितोको अस्वभाविक रुपमा बढी मुल्यांकन गरी÷गराई कर्जा लिएको तथा जुन प्रयोजनको लागि कर्जा लिएको हो सो को अन्यत्र प्रयोग गरेको प्रमाण भेटिएको छ ।
पाण्डेलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा पक्राउ गरेको सिआइबीले प्रष्ट पारेको छ ।
प्रतिक्रिया