वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि विकास बैंककाे अध्यक्षमा टंकप्रसाद पाण्डे

कृषि विकास बैंककाे अध्यक्षमा टंकप्रसाद पाण्डे
अर्थटुडे
२०८३ जेष्ठ २५, सोमबार
काठमाडाै ।  कृषि विकास बैंककाे सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त भएका छन् । बैंककाे संचालक समितिकाे निर्णयले पाण्डेलाई अध्यक्ष नियुक्त गरेको हो । अर्थमन्त्रालयको तर्फबाट सहसचिव पाण्डे कृषि विकास बैंकको संचालक नियुक्त भएका थिए । पाण्डे अर्थमन्त्रालयका सहसचिव हुन् । पाण्डेले आज (सोमबार) नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ कार्यक्रममा राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डीत, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दिर्घबहादुर रावल, मुक्तिनाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, बोर्ड सचिव शरणकुमार अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?