काठमाडौ । नेपाल राष्ट्र बैंकले सामाजिक संजाल मार्फत मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको फेसबुक पेज मार्फत लाइभ गरेर मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिले आगामी आर्थिक बर्ष २०८३/८४ को लागि जम्मा ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ ।
हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले जम्मा ५९ खर्ब ३० अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् । यसलाई नै आधार मान्दा आगामी आर्थिक बर्षमा सरकारे थप ६ खर्ब ५२ अर्ब रुपैयाँ ऋण विस्तारको योजना बनाएको छ । यो ऋण रकमले सरकारले राखेको ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गभर्नर डा.पौडेलले जानकारी दिए ।
उनले भने,‘सरकारले राखेको आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न ११ प्रतिशतको ऋण विस्तार र १४ प्रतिशतको मुद्राय प्रदाय भए पुग्छ, यसपाली लचिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिएको छ ।’
त्यस्तै केन्द्रिय बैंकले मुल्यबृद्धिललाई ५.५ प्रतिशतमा सिमित राख्ने दावी गरेको छ । कुनैपनि नियामकीय प्रावधानहरु हटाएको वा थपेको छैन । केन्द्रिय बैंकले निजी क्षेत्रको केही मागहरुको सम्बोधन भने एकीकृत निर्देशन जारी गरी समेट्ने जनाएको छ ।
माैद्रिक नीतिकाे पुर्णपाठ यहाँ छ ।
प्रतिक्रिया