वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंककी पुर्व मुख्य विजनेश अफिसर रश्मी पन्त पक्राउ

प्रभु बैंककी पुर्व मुख्य विजनेश अफिसर रश्मी पन्त पक्राउ
अर्थटुडे
२०८३ श्रावण १३, बुधबार

काठमाडौ । प्रभु बैंककी तत्कालिन मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले उनलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेको हो । कर्जा प्रबाहमा अनियमितता भएको भन्दै अनुसन्धानका लागि उनलाई सिआइबीले बुधबार त्रिपुरेश्वरबाट प्रक्राउ गरेको हो ।

पक्राउपछि प्रहरीले पन्तलाई आवश्यक अनुसन्धान अघि बढाउनका लागि आवश्यक कानुनी प्रकृया पुरा गरी म्याद थपमको लागि काठमाडौ जिल्ला अदालतमा पेश गरेको हो ।

अदालतले पनि उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । रुपन्देहीस्थित एसियन भिलेज रिसोर्ट प्रालिलाई प्रदान गरिएको कर्जामा अनियमितता भएको आशंकामा सिआइबीले पक्राउ गरेको हो ।

यसअघि नै सो कम्पनीमा अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै अनुसन्धानका लागि सिआइबीको हिरासतमा छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?