काठमाडौ । कर्जा अपचलन गरेको आरोपमा समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको तत्कालिन प्रमूख कार्यकारी अधिकृत (सिइओ) निरजविक्रम शाह सहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर बाँकेले तत्कालीन सीईओ शाहसहित उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई शुक्रबार पक्राउ गरेको जानकारी दिएको छ ।
कर्णाली विकास बैंकमा जोखिमपुर्ण कर्जा प्रबाह, नक्कली धितोका आधारमा कर्जा वितरण गरेको तथा आन्तरिक नियत्रण प्रणाली कमजोर बनाइएको भन्दै नेपाल राष्ट्र समस्याग्रस्त घोषण गरेर व्यवस्थापन नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।गत साउनमा प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले बैंकका कर्मचारी, सचालक लगायतको मिलेमतोमा बैंकको ३ अर्ब २०करोड रुपैयाँ घोटला भएको भन्दै १११ जना प्रतिवादी बनाएर मुद्धा दायर गरेको थियो ।
प्रतिक्रिया