काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८२/८३ मा बाणिज्य बैंकहरुले करिब ७० अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आव २०८१/८२ को मा २० ओटा बाणिज्य बैंकहरुले कुल ५२ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा ३२ दशमलव २८ प्रतिशतले बृद्धि भई ६९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
गत आवमा प्रभु बैंकको नाफा १२७ दशमलव ६६ प्रतिशतले घट्दा २४ करोड १२ लाख घाटामा पुगेको छ । प्रभु बाहेकका सबै बैंक नाफामा छन् । अघिल्लो आवको तुलनामा गत आवमा १४ ओटा बैंकको नाफा बढ्दा ६ ओटा बैंकको भने घटेको छ । गत आवमा सबैभन्दा बढी नविलले ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा गरेको छ ।
चालु आवको पहिलो त्रैमासमा बाणिज्य बैंकहरुको नाफा १८ दशमलव ७७ प्रतिशतले घटेको थियो । आर्थिक गतिविधिमा शिथिल हुनुका साथै ऋण नतिर्ने अभियानका कारण असुली कमजोर भइरहेका बेला जेन्जी आन्दोलनले बैंकहरुको वित्तीय अवस्था प्रभावित भएको थियो ।
तर, आर्थिक वर्षको दोस्रो त्रैमासम अर्थात पुसमा आइपुग्दा त्यसमा विस्तारै सुधारको संकेत देखिन थालेको थालेको थियो । पुससम्ममा ११ दशमलव ५१ प्रतिशतले नाफा बृद्धि गरेका बैंकहरुको तेस्रो त्रैमास अर्थात चैतमा १९ दशमलव ३० प्रतिशतले बृद्धि भएको थियो ।
प्रतिक्रिया