वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिक्त भएको १६० दिन पछि रावल बने दाेस्राे डेपुटी गभर्नर

रिक्त भएको १६० दिन पछि रावल बने दाेस्राे डेपुटी गभर्नर
अर्थटुडे
२०८३ भाद्र ३, बुधबार

काठमाडौ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

गत २०८२ चैत २४ गते किरण पण्डितलाई डेपुटी गभर्नर गरिएपनि अर्को एक डेपुटी भने रिक्त रहदै आएको थियो । गत फागुनमा २ जना डेपुटी गभर्नरहरु डा.निलम ढुंगाना तिमिल्सिना र बम बहादुर मिश्रको कार्यकाल सकिएको थियो ।

रिक्त एक डेपुटीमा पण्डितलाई नियुक्त गरेपनि चार महिना १० दिनपछि सरकारले अर्को डेपुटिमा रावलाई नियुक्त गरेको हो । दुवै जना ५ वर्षका लागि डेपुटी गभर्नर नियुक्त भएका हुन् ।

राष्ट्र बैंक ऐन दफा १६ मा गभर्नरको सिफारीसको आधारमा सरकारले डेपुटी गभर्नर नियुक्ती गर्ने प्रावधान छ । यसका लागि गभर्नरले नियुक्तीका लागि सिफारीस गर्दा बैंकभित्र विशिष्ट श्रेणीका अधिकृतमध्ये कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारीस गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक छन् । जसमध्ये बरिष्ठताको बरियताक्रमको आधारमा पण्डित सातौं नम्बर थिए भने रावल १० औ नम्बरमा रहेका छन् ।
रावल बैंक सुपरिवेक्षण विभागका प्रमूख छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?