वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा विदेशी लगानीको प्रतिबद्धता ठूलो, वास्तविक लगानी भने ३० प्रतिशत पनि आएन

नेपालमा विदेशी लगानीको प्रतिबद्धता ठूलो, वास्तविक लगानी भने ३० प्रतिशत पनि आएन
अर्थटुडे
२०८३ भाद्र १८, बिहीबार

काठमाडौं । नेपालमा विदेशी लगानीका परियोजना स्वीकृति निरन्तर बढ्दै गए पनि स्वीकृत लगानीको तुलनामा वास्तविक लगानी भने अत्यन्त न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी पछिल्लो सर्वेक्षणले आर्थिक वर्ष २०५१/५२ देखि २०८१/८२ सम्म स्वीकृत कुल विदेशी लगानीमध्ये २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रिएको देखाएको छ । बाँकी ठूलो हिस्सा स्वीकृतिमै सीमित भएको छ।

राष्ट्र बैंकको अनुसार नेपालमा विदेशी लगानीका ९३१ वटा परियोजना स्वीकृत भइसकेका छन् । तर परियोजना स्वीकृति र वास्तविक लगानीबीचको ठूलो अन्तरले नेपालमा विदेशी लगानी आकर्षित गर्नेभन्दा पनि स्वीकृत लगानीलाई वास्तविक लगानीमा रूपान्तरण गर्ने चुनौती गम्भीर रहेको देखाएको छ ।
राष्ट्र बैंकले स्वीकृत लगानी र वास्तविक लगानीबीचको अन्तर हुनुमा स्वीकृति लगत्तै सम्पूर्ण रकम नआउनु, परियोजना कार्यान्वयनमा लाग्ने लामो समय तथा ठूला परियोजनामा लगानी चरणबद्ध रूपमा आउने अवस्थालाई प्रमुख कारण मानेको छ।

एक वर्षमा १२ अर्ब विदेशी लगानी भित्रियो आर्थिक वर्ष २०२४÷२५ मा नेपालमा सकल प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा विदेशी लगानीकर्ताले ४.७ अर्ब रुपैयाँ लगानी फिर्ता लगेपछि खुद प्रत्यक्ष वैदेशिक लगानी करिब ७.३ अर्ब रुपैयाँ कायम भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै गत आवको अन्त्यसम्ममा नेपालमा रहेको कुल प्रत्यक्ष वैदेशिक लगानीको स्टक करिब ३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा एफडीआई स्टक २.१ प्रतिशतले बढेको छ ।

एफडीआई स्टकमा चुक्ता पुँजीको हिस्सा सबैभन्दा ठूलो छ भने पुनर्लगानी गरिएको आम्दानी कुल स्टकको एकतिहाइभन्दा बढी रहेको छ। यसले नेपालमा रहेका विदेशी लगानीकर्ताले आफ्नो आम्दानीको केही हिस्सा पुनः नेपालमै लगानी गरिरहेको देखाउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?