वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब एटिएमबाटै १ सय रुपैयाँका नोट पाइने

अब एटिएमबाटै १ सय रुपैयाँका नोट पाइने
अर्थटुडे
२०८३ भाद्र ३०, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अब एटिएम मेसिनबाटै १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै हाल एटिएमबाट मुख्यतः १ हजार र ५ सय रुपैयाँ दरका नोट मात्र वितरण हुँदै आएको अवस्थामा ग्राहकको मागअनुसार १ सय रुपैयाँ दरका नोटसमेत एटिएमबाट उपलब्ध गराउन आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा साना दरका नोट साट्न आउने ग्राहकको भीड कम गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो। विशेषगरी दसैँजस्ता ठूला चाडपर्वको समयमा १ सय रुपैयाँ दरका नोटको माग बढ्ने भएकाले एटिएमबाटै साना दरका नोट वितरण गर्न सकिए ग्राहकलाई सहज हुने राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज ढकालले बैंक तथा वित्तीय संस्थाहरूले एटिएम मेसिनमा प्राविधिक रूपमा आवश्यक व्यवस्था गरी १ सय रुपैयाँ दरका नोट पनि वितरण गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। हाल एटिएमबाट १ हजार र ५ सय रुपैयाँका नोट मात्र वितरण गर्दा साना रकम आवश्यक पर्ने ग्राहकले बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था छ। त्यसले बैंकका शाखामा अनावश्यक भीड बढाउने गरेको राष्ट्र बैंकको ठहर छ।

चाडपर्वमा बढ्छ साना नोटको माग

दसैँ, तिहारलगायतका चाडपर्वमा दक्षिणा, पूजा तथा दैनिक कारोबारका लागि साना दरका नोटको माग उच्च हुने गर्छ। यस्तो समयमा बैंकका शाखा तथा काउन्टरमा साना दरका नोट साट्न ग्राहकको चाप बढ्ने गरेको छ।

एटिएमबाटै १ सय रुपैयाँका नोट उपलब्ध हुन सकेमा ग्राहकले बैंकको काउन्टरमा लामो समय लाइन बस्नुपर्ने बाध्यता कम हुनुका साथै बैंकको सेवा प्रवाहमा समेत सहजता आउने राष्ट्र बैंकको अपेक्षा छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?