वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक’ घोषित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक’ घोषित
अर्थटुडे
२०८३ कार्तिक १०, सोमबार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ बाट सन् २०२६ को ‘बेष्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष उक्त अवार्डबाट सम्मानित भएको छ ।

बैंकले सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहककेन्द्रित नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न मुलुकका प्रमुख वित्तीय संस्थालाई पनि सम्मान गरिएको थियो । सम्मानित संस्थामा चीनको बैंक अफ चाइना र आइसीबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक तथा जापानको एमयूएफजी बैंकलगायत छन् ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको जनाएको छ । बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स सन् २०२२, २०२४ र २०२५ तथा ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका सम्मान प्राप्त गरिसकेको छ । बैंकले ‘बेष्ट इम्प्लोयर’ को सम्मानसमेत पाएको छ ।

बैंकका अनुसार यस उपलब्धिले ग्राहकलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहन गरेको छ । बैंकले आफ्नो प्रगतिमा योगदान पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार यी सञ्जालबाट एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा उपलब्ध भइरहेको छ ।

यसका अतिरिक्त बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ । यसले वैदेशिक रोजगारी तथा अन्य स्रोतबाट प्राप्त रकम औपचारिक वित्तीय प्रणालीमार्फत नेपाल भित्र्याउन योगदान पु¥याउँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?