काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्ता पूँजीको प्रतिशेयर १६ रुपैयाँका दरले करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।
बैंकले गत आर्थिक वर्षसम्ममा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । त्यसमध्ये नियम अनुसार विभिन्न कोषमा रकम छुट्याइपछि एक अर्ब ७८ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो ।
प्रतिक्रिया