वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘जेनजी’ आन्दोलनका क्रममा ध्वस्त भएको कोटेश्वर भाटभटेनी पुनः संचालनमा

‘जेनजी’ आन्दोलनका क्रममा ध्वस्त भएको कोटेश्वर भाटभटेनी पुनः संचालनमा
अर्थटुडे
२०८२ माघ २४, शनिबार

काठमाडौ । भदौ २४ गते भएको जेनजी आन्दोलनमा ठूलो क्षती व्यहोरेको कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आज (शनिवार) देखि पुनः सञ्चालनमा आएको छ ।नेकपा एमालेलाई पार्टीको भवन निर्माणका लागि भाटभटेनी सुपर मार्केटका संचालक मिन बहादुर गुरुङले चन्दा दिएको भन्दै जेनजी आन्दोलनका क्रममा सो सुपर मार्केट आन्दोलनकारीहरुले आगजनी गरेका थिए । करिब ५ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपश्चात् शनिवारबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको यो भवनको पाँच तले संरचना ६० दिनमै तयार भएर सञ्चालनमा आएको संचालक मिन बहादुर गुरुङले जानकारी दिए । उपत्यकाभित्र भाटभटेनी सुपर स्टोरको बौद्ध, नक्साल, कोटेश्वर र महाराजगञ्जक सहित ५ स्टोरमा आगजनी र लुटपाट भएको थियो । उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरानका स्टोर पनि जले । यीबाहेक अरू ९ वटा आउटलेटहरू पनि निशानामा परेका थिए।

व्यवस्थापनका अनुसार लुटपाट र आगजनीबाट कुल १० अर्ब ८५ करोड ६८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। व्यवस्थापनले यसअघि गत् मंसिर १८ मा बालुवाटारस्थित वेयर हाउस पनि सञ्चालनमा ल्याइसकेको छ । अब केहि समयपछि महाराजगञ्ज स्टोर पनि पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ ।
संचालक गुरुङले खोटाङको सामान्य परिवारमा जन्मिएर बैंकको जागिर छाडेर व्यवसायमा होमिएका थिए । उनले २०४१ सालमा महाराजगञ्जमा १२० वर्ग फिटको सानो सटरबाट भाटभटेनी सुपरस्टोरको सुरुआत गरेका थिए ।

भाटभटेनीको शुभारम्भ गर्दै प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि विध्वंश नहोस् भनि भगवानसँग प्रार्थना गरेको बताए ।
उनले जेन–जी आन्दोलनको दुःखद् घटनाले भाटभटेनीमात्रै नभएर सिंगै नेपाललाई राम्रो हुने दाबी समेत गरे ।

नागासाकी र हिरोसीमा ध्वस्त भएपछि जापान बनेजस्तै जेन–जी आन्दोलनले ध्वस्त बनाएको नेपाल पनि अब राम्रो हुने प्रवन्ध निर्देशक गुरुङको विश्वास थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?