काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन प्रक्रिया रोकिएको छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि महासंघको निर्वाचन प्रकृया तत्कालका लागि रोकिएको हो ।
बिहीबार उच्च अदालतका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकहरुको मागमाथि पूर्ण रुपमा सम्बोधन नभई संस्थाको साधारण सभाहुँदा असर पर्ने भएकोले सोको निर्णय नभएसम्म महासंघको साधारणसभा नगर्नु र नगराउन भनी अन्तरिम आदेश जारी गरेको छ।
ढुवानी व्यवसायी महासंघले २०८१ चैत २८ गते सम्पन्न भएको एफएनसीसीआईको ५९औं वार्षिक साधारण सभामा आफूहरु सदस्य रहेको तर अहिले आफूहरुको सदस्यता सम्बन्धी निर्णय नै नगरी साधारण सभा गर्न लागिएको भन्दै अन्तरिम आदेश मागेर रिट दायर गरेको थियो ।
सोही रिटमा सुनुवाई गर्दै उच्च अदालतले अन्तरिक आदेश दिएको हो ।महासंघको यही चैत्र २९ र ३० गते हुने ६०औं वार्षिक साधारण सभाले केन्द्रीय कार्यकारणी समितीको निर्वाचन प्रयोजनको लागि गठित निर्वाचन समितिले चैत १२ मा प्रकाशित गरेको निर्वाचन कार्यक्रम अदालतबाट आदेश भएसँगै स्थगित गरेको हो ।
महासंघले अदालतको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि तय भइसकेको र चैत १२ मा जारी गरेको निर्वाचन कार्यक्रम तालिका बमोजिमका सबै कार्यहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएको छ ।

प्रतिक्रिया