वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एफ्एनसिसिआइको रोकिएको साधारणसभा बैशाख २१ र २२ हुने

एफ्एनसिसिआइको रोकिएको साधारणसभा बैशाख २१ र २२ हुने
अर्थटुडे
२०८२ चैत्र २९, आईतवार

काठमाडौ । सर्वोच्च अदालतको आदेशका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा आगामी बैशाख २१ र २२ गते हुने भएको छ ।

शुक्रबार बसेको महासंघ पदाधिकारीको बैठकले उच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको साधारणसभा वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ लगायतले महासंघको साधारणसभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

सो रिट उपर न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार महासंघलाई साधारणसभा नगर्न अन्तरिम आदेश जारी गरेपछि रोकिएको थियो ।

साधारणसभा हुँदा निवेदकहरूलाई समेत असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभा नगर्नु, नगराउनु भनी उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि महासंघको साधारणसभा र निर्वाचन प्रक्रिया पनि स्थगित भएको हो।

चैत्र २९ र ३० गतेका लागि तय भएको ६०औं वार्षिक साधारणसभा एवं निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो । पेट्रोलियम ढुवानी महासंघ लगायतले उद्योग वाणिज्य महासंघले सदस्यता दिए पनि भोट हाल्ने अधिकार नदिएको भन्दै अदालतको ढोका ढकढकाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?