काठमाडौ । व्यवसायी दिपक भट्टसँग साँठगाँठ जोडिएको पाएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) ले नेपाल उद्योग बाणिज्य महासंघ (एफ्एनसीसीआई) का पुर्व अध्यक्ष शेखर गोल्छालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
हिमालयन रि इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत रहेका गोल्छालाई प्रहरीले विहिबार नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका प्रहरी वरिष्ठा उपरिक्षक शिवकुमार श्रेष्ठले गोल्छा पक्राउबारे पुष्टी गरे ।
नेपाल धितोपत्र बोर्डको प्रतिवेदनमा दीपक भट्ट, सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको विवादित सेयर कारोबारमा गोल्छाको पनि संलग्नता देखिएको छ। सोहीबारे सोधपुछका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया