काठमाडौ । बालेन्द्र शाहले प्रधानमन्त्री सम्हालेको ६ दिनमा नै उनका नीति उनका नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकालले उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतका उच्च पदस्थ कर्मचारीहरुलाई बोलाएर एक एक गरी संस्थाकोबारेमा विफ्रिङ लिए ।
विफ्रिङ दिने पालो आयो, कम्पनी रजिष्टार कार्यालयको । रजिष्टार वलराम निराैला उठेर संस्थाको बारेमा बोल्दै थिए ढकालले विचमा नै कुरा काटेर भने ‘तपाईको कार्यालयको समस्याबारे हामी सवै जानकार छौ, मैले नै कम्पनीको काम गर्दा २२ हजार बुझाएको छु, समस्या होइन समाधान भन्नुहोस् ।’ ढकालले यसो भनेपछि रजिष्टार निरौलाले कम्पनी दर्ता, कम्पनीका नाम रिजर्भेसन लगायतका सम्पुर्ण काम एकैदिनमा अनलाईमार्फत गर्न सकिने व्यवस्था गरेको जानकारी दिए ।
ढकालले उनको जवाफमा चित्त बुझाएनन् उनले प्रतिप्रश्न गरे, अमेरिकातिर २ घण्टामा हुन्छ यहाँ किन भएन ? ढकालको प्रश्नपछि निरौलाले हुन्छ हजुर सकेसम्म छिट्टै गर्ने व्यवस्था गर्नेछु भनेर जवाफ दिएर फर्किए ।
त्यसपछि कम्पनीको काम कारबाहीको बारेमा प्रायजसो उद्योग मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट नै चासो आउने गरेको छ । पछिल्लो समयमा त कर्मचारीहरुलाई त कामको ताकेता छ,कम्पनी रजिष्टारका एक कर्मचारीले भने, ‘बालेनको सरकार आएपछि दलालहरु भने छैनन् । हेर्नुस् न पछिल्लो समय कार्यालय सुनसान छ, कर्मचारीहरुले राम्रोसँग काम गर्न पाएका छौ,केही दिन अघि मात्र यहाँबाट ३ जना दलाललाई प्रहरीले पक्राउ गरेर लग्यो ।’
उनले थप्दै भने, ‘दलालहरुले नत्र काम नै गर्न नदिने, मेरो पहिले काम गर भनेर आएर हैरानै पार्थे त्यो बन्द भएको छ । साच्चै भनौ भने ५० प्रतिशत तनाव कम भएको छ ।’
रजिष्टार उठेर संस्थाको बारेमा बोल्दै थिए ढकालले विचमा नै कुरा काटेर भने तपाईको कार्यालयको समस्याबारे हामी सवै जानकार छौ, मैले नै कम्पनीको काम गर्दा २२ हजार बुझाएको छु, समस्या होइन समाधान भन्नुहोस् ।
हुनपनि पछिल्लो समयमा कम्पनी रजिष्टारको कार्यालय सुनसान छ । सवै कामहरु अनलाईन र एकैदिनमा हुने भएपछि सेवाग्राहीहरुको चाप कार्यालयमा छैन । गत बैशाख ८ गतेदेखि कार्यालयले सेवाग्राहीलाई सहज र छिटो जानकारी उपलब्ध गराउने उद्देश्यले एआई–आधारित कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनी रजिष्टार वलराम निरौला एआई–आधारित कल सेन्टर सेवा सञ्चालनमा ल्याएपछि त कार्यालयमा आउने सेवाग्राहीहरु थप कम भएको बताउछन् ।
उनी भन्छन्, ‘सो प्रणालीमार्फत कम्पनी दर्ता, दर्तापश्चातका प्रक्रिया, आवश्यक कागजात, सेवा प्रवाह तथा कर्मचारीहरूको एक्स्टेन्सन नम्बर लगायतका विषयमा २४ सै घण्टा जानकारी प्राप्त गर्न सकिनेछ। जसले ग्राहकलाई निक्कै सहज भयो, उनीहरु कार्यालयमा आउनुपर्ने बाध्यताबाट पनि मुक्त भए ।’
यस सेवाका लागि सेवाग्राहीले ९७००००४४१४ नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। कल सेन्टरले कम्पनी प्रशासनसम्बन्धी सम्पूर्ण आधारभूत जानकारी तथा प्रक्रिया बुझाउन सहयोग गर्ने जनाइएको छ। कार्यालयले सेवा क्रमशः विस्तार गर्दै जाने र थप सूचनाहरू समेट्दै प्रणालीलाई अझ प्रभावकारी र परिमार्जित बनाइने जनाएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले यस पहलले सेवाग्राहीलाई छिटो, सरल र पारदर्शी सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ।
सो सेवा कसरी संचालनमा ल्याइएको हो ? भन्नेबार केही दिनअघि मात्र प्रधानमन्त्री बालेन्द्र शाहका सुचना, संचार तथा प्रविधि संयोजक विवेक मिश्रले समेत चासो देखाएको कार्यालयका एक कर्मचारीले अर्थटुडेसँग बताए ।

प्रतिक्रिया