काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको ६० औ निर्वाचन सहिनको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । वैशाख २२ गते (मंगलबार) को निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार ७३ पदका लागि १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।
महासंघ विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । निर्वाचन संरचनाअनुसार जिल्ला–नगरतर्फ दुई, वस्तुगततर्फ एक र एसोसिएटतर्फ एक उपाध्यक्ष चयन भएका छन् । त्यसबाहेक विभिन्न समूहबाट कार्यसमिति सदस्य चयन हुनेछन् ।

कुन पदमा को–को भए निर्वाचित ?
जिल्ला नगर तर्फ
जिल्ला नगर उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । त्यस्तै खुला कार्यसमिति सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल विजयी भएका छन् ।
जिल्ला नगर तर्फको महिला सदस्यमा गिता आमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् भने जिल्ला नगर प्रदेश सदस्य अन्तर्गत कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा निर्वाचित भएका छन् ।
यस्तै, मधेश प्रदेशबाट अमरनाथ शाह र विकास कुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञ प्रसाद भट्टराई र बाल कृष्ण सुवेदी निर्वाचित भएका छन् ।
त्यस्तै कर्णालीबाट पदम बहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध चयन भएका छन् भने सुदूर पश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन् । दानबहादुर सुर्मेली र पदम राज चौलागाईंले भने बराबर मत पाएका छन् । उनीहरुले ७/७ मात प्राप्त गरेर बराबर भएपछि पालै पालो आधा आधा कार्यकाल पदमा रहने सहमति गरेका छन् ।

बस्तुगत तर्फ
बस्तुगत तर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् उनी हेमराज ढकाल प्यानलका हुन् । त्यस्तै बस्तुगत तर्फको सदस्यमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल, होम प्रसाद घिमिरे निर्वाचित हुँदा निरज बहादुर चलाउने, रघु नन्दन मारु, विप्लव अधिकारी, सुरज बन्जाडेले भने बराबर ५० मत ल्याएका छन् । उनीहरुले आधा आधा कार्यकाल पदमा रहने सहमति गरेका छन् । बस्तुगत तर्फको महिला सदस्यमा सुनिता न्हेमहाफुकी निर्वाचित भएकी छिन् । यस्तै बस्तुगत तर्फको अन्य दुई सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएका छन् ।
एशोसिएट तर्फ
एशोसिएट तर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे निर्वाचित भएका छन् । निवर्तमान उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई हराउँदै पाण्डे विजयी भएका हुन् । एशोसिएट तर्फबाट कार्यसमिति सदस्यमा अम्बिका प्रसाद पौडेल, इशवर बहादुर जिसी, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्ण लाल महर्जन, दिवश न्यौपाने, प्रियराज रेग्मी, बु लामिछाने, बाबु काजी कार्की, राजेश कुमार अग्रवाल, सचिन ढकाल र सुयस प्याकुरेल निर्वाचित भएका छन् । यस्तै, रामशरण भण्डारी, शक्ति कुमार वेगनी, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा विजयी भएका हुन् ।
एशोसिएट तर्फको महिला सदस्यमा अभिज्ञ मल्ल र जुना माथेमा निर्वाचित भएका छन् । द्वीराष्ट्रिय तर्फबाट मनोज पौडेल विजयी हुँदा संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ निर्वाचित भएका हुन् ।
प्रतिक्रिया