वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संविधान संशोधनका लागि महासंघको सुझाव

‘खुल्ला बजार अर्थतन्त्रलाई संविधानमा नै समेट्नुपर्छ

‘खुल्ला बजार अर्थतन्त्रलाई संविधानमा नै समेट्नुपर्छ
अर्थटुडे
२०८३ जेष्ठ १२, मंगलवार

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले खुल्ला बजार अर्थतन्त्रलाई संविधानमा नै स्पष्ट रुपमा समेट्न सुझाव दिएको छ । मंगलबार महासंघका प्रतिनिधिहरुले संविधान संशोधन सुझाव समितिलाई समाजवाद उन्मुख अर्थतन्त्रको वर्तमान व्यवस्थालाई परिमार्जन गर्दै निजी क्षेत्र, सार्वजनिक–निजी साझेदारी र खुला बजार अर्थतन्त्रलाई संविधानमै स्पष्ट रूपमा समेट्नुपर्ने सुझाव दिएको हो।

महासंघले निजी क्षेत्रलाई राष्ट्र निर्माणको प्रमुख साझेदारका रूपमा संवैधानिक मान्यता दिन पनि सुझाव दिएको छ । मौखिक मात्र नभएर लिखित सुझाव पनि बुझाएको महासंघले लगानी तथा व्यावसायिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न तथा उद्योग–व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिएको छ ।

यस्तै, व्यापारिक विवाद समाधानका लागि सर्वोच्च अदालतभित्र छुट्टै वाणिज्य अदालत स्थापना गर्नुपर्ने, श्रमसम्बन्धी व्यवस्थामा ट्रेड युनियन अधिकारलाई व्यवस्थित गर्नुपर्ने र स्थानीय तहमा रहेको बहुकर प्रणालीलाई सरलीकरण गर्नुपर्ने प्रस्ताव पनि राखिएको छ ।

त्यसैगरी, उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिँदै उद्योग स्थापना, लगानी सुरक्षा, प्राकृतिक स्रोतको उपयोग तथा औद्योगिक विकासलाई दीर्घकालीन नीतिसहित अगाडि बढाउनुपर्ने धारणा महासंघले व्यक्त गरेको छ।

महासंघले नेपाल उद्योग वाणिज्य महासंघलाई निजी क्षेत्रको आधिकारिक प्रतिनिधि संस्थाका रूपमा संविधानमै मान्यता दिनुपर्ने समेत माग राखेको छ ।

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?