वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक अनियमितताको आशंकामा डिडिसीमा सिआइबीको छापा

आर्थिक अनियमितताको आशंकामा डिडिसीमा सिआइबीको छापा
अर्थटुडे
२०८३ जेष्ठ १३, बुधबार

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले आर्थिक अनियमितताको शंकामा दुग्ध विकास संस्थान (डीडीसी) भित्र छापा मारेको छ ।
डिडिसी सरकारको पुर्ण स्वामित्वको संस्थान हो । बुधबार लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयमा सिआईबीको टोलीले छापा मारेको हो ।

सिआईबीको टोलीले कर्मचारीहरुको मोवाइल फोन नियन्त्रणमा लिएर छापा मारेको हो । कर्मचारीहरुको मोवाइलसँगै सिआइबीको टोलीले दूध खरिद–बिक्रीसँग सम्बन्धित महत्त्वपूर्ण कागजात, मौज्दात विवरण र पछिल्ला तीन वर्षका सञ्चालक समितिका निर्णयका फाइलहरू पनि आफ्नो नियन्त्रणमा लिएको छ ।

किसानबाट दुध संकलन गरेर विक्रि गरेपनि डिडिसिले उनीहरुलाई लामो समयदेखि भुक्तानी गर्न सकेको छैन । संस्थानका अनुसार संस्थानले ५० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।

किसानले रकम नपाउने, संस्थानको आर्थिक अवस्था पनि विग्रदै गएको तर दुध विक्रि भने भइरहेको हुदा सिआईबीले दूध खरिद–बिक्री प्रक्रिया र आर्थिक कारोबारमा कैफियत रहेको आशंकामा अनुसन्धान थालेको जनाएको छ ।

डीडीसी स्रोतका अनुसार सिआईबीको टोलीले विशेषगरी दूधको खरिद दर, बिक्री परिमाण, मौज्दातको अवस्था र किसानलाई भुक्तानी गर्न बाँकी विवरणहरू मागेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?