वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेटमाथि सिएनआइका अध्यक्ष पाण्डेको टिप्पणी

स्थिर अर्थतन्त्रलाई चलायमान हुनेगरी बजेट विनियाेजन

स्थिर अर्थतन्त्रलाई चलायमान हुनेगरी बजेट विनियाेजन
अर्थटुडे
२०८३ जेष्ठ १८, सोमबार

काठमाडौ । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्र चलायमान हुनेगरी बजेट आएको बताएका छन् । उनले पछिल्लो समयमा उपभोग्य बस्तुको मागमा आएको कमीका कारण अर्थतन्त्र स्थिर भएको र त्यसलाई चलायमान हुनेगरी सरकारले बजेट विनियोजन गरेको बताए ।

सोमबार काठमाडौमा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष पाण्डेले सरकारले धेरै वस्तुमा हटाएको अन्तःशुल्कले व्यापार÷व्यवसायको लागत घटाउने उनले बताए । उनले उद्योग परिसंघले माग गर्दै आएको आयकर ऐनको दफा ५७ को संशोधन स्वागतयोग्य भएको पनि बताए ।

पाण्डेले भने ‘कर विवाद समाधान, लगानीसम्बन्धी दर्जनौं कानून संशोधनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछ,’ उनले भने, ‘मोतिपुर र मयुरधामजस्ता औद्योगिक क्षेत्र निर्माण निजीक्षेत्रलाई दिने विषय आएको छ । यी हामीले मागेकै विषय हुन् ।’

सरकारले बजेटमार्फत वन, खानी र प्रकृतिमा आधारित उद्योग बढाउने नीतिले उत्पादनमूलक उद्योग बढाउन सहयोग पुग्ने विश्वास गरे । बजेटले निजीक्षेत्रका धेरै विषय सम्बोधन गरे पनि केही माग भने सम्बोधन नभएको उनले बताए । उनले भारतलगायत देशबाट आयातित वस्तुमा गुणस्तर मापदण्ड लागू गर्ने माग गरे पनि बजेटमा उल्लेख नभएको बताए ।

उनले बजेट डेटा माइनिङलगायत प्रविधि उद्योगको विषयमा अझै स्पष्ट नभएको बताए । परिसंघले कृषि क्षेत्रको विकासका लागि कोल्ड स्टोरेज, बजारीकरणको लागि चेन निर्माणसम्बन्धी थप कार्यक्रम अपेक्षा गरेको बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयन गर्नमा निजीक्षेत्रले सहयोग गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?