वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विश्व प्रसिद्ध राइड हेलिङ कम्पनी ‘उबर’ नेपालमा

विश्व प्रसिद्ध राइड हेलिङ कम्पनी ‘उबर’ नेपालमा
अर्थटुडे
२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौ । राइड हेलिङ कम्पनी उबरले नेपालमा औपचारिक रुपमा सेवा सुरु गरेको छ । उबर नेपालले शुक्रबार एक कार्यक्रमको आयोजना गरि नेपालमा औपचारिक रुपमा संचालना आएको जनाएको छ । दक्षिण एसियामा एक दशकपछि पहिलो पटक उबरले नेपालमा शाखा विस्तार गरेको छ । नेपालमा आएसँगै उवर एसिया प्रशान्त क्षेत्रमा नेपाल शाखा ११ औ रहेको जनाएको छ ।

नेपालमा उवरले चार पाङग्रेको लागि ‘उबर गो’ र ‘उवर कन्फर्ट’ सेवा ल्याएको छ । त्यसैगरी दुई पांग्रेको लागि बाइक सेवा पनि उपलव्ध गराएको छ । कम्पनीका अनुसार यी सेवाले यात्रुलाई सुरक्षित, भरपर्दो र सहज यातायातको विकल्प प्रदान गर्नेछन् ।

हाल उवर विश्वका ७० भन्दा बढी देशमा संचालनमा छ । नेपाललाई आफ्नो विश्वव्यापी नेटवर्कसँग जोड्दै स्थानिय तथा अन्तराष्टिय यात्रुलाई एउटै एप मार्फत सहज रुपमा सेवा लिन सकिने व्यवस्था गरेको छ । उवर नेपालमा आएसँगै नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकहरुलाई थप सहज पुग्ने अनुमान गरिएको छ ।

उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक डोमिनिक टाइलरले नेपाल उबरका लागि अत्यन्त सम्भावनायुक्त बजार भएको बताए । तीव्र सहरीकरण, डिजिटल पहुँचको विस्तार र पर्यटन क्षेत्रको निरन्तर बृद्धिले नेपालाई कम्पनीका अलागि आकर्षक गन्तव्य बनाएको उनको भनाई छ।

उनले नेपालको गतिशील अर्थतन्त्रसँग हातेमालो गदै चालक र यात्रुसँग साँझेदारी गर्न आफू तत्पर रहेको दावी गरे । स्थनीयको आवश्यकतालाई बुझेर दीर्घकालिन रुपमा सेवा प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।

स्मार्ट फोनको प्रयोग उच्च रुपमा बढ्दो रहेकोले नेपालमा डिजिटल राइडिड सेवाको सम्भावना रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?