काठमाडौ । सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैंठकले श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिएर कार्यकारी अध्यक्षको पदमा नियुक्त गरेको हो । यसअघि नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य रहेका श्रेष्ठलाई सरकारले अध्यक्ष तथा महाप्रबन्धकको काम समेत काम गर्ने गरी अध्यक्ष नियुक्त गरेको हो ।
पर्यटन मन्त्रालयले गत वैशाख १२ गते निगम सञ्चालक समिति सदस्यका लागि मागेको आवेदनबाट छानिएका पाँच संचालकमा श्रेष्ठ पनि परेका थिए । सो समयमा २७ जनाले उमेदवारी दिएका थिए । श्रेष्ठलाई जेठ ३१ गते पर्यनमन्त्री खडकराज पौडेल (गनेस)ले निगमको संचालक समितिमा नियुक्त गरेका थिए । नियुक्तिमा पिक एण्ड चुज भएको भन्दै अदातले मेरिट वेसिसमा निर्णय गर्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि मन्त्री पौडेलले उनीहरुको निर्णय सच्चाएर असार १५ गते सर्वोच्च अदालतको आदेश अनुसार योग्यताक्रमका आधारमा उपेन्द्रबहादुर कार्की, डा. दीपक प्रसाद बास्तोला र महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेका थिए ।
मन्त्रालयले बाँकी २ जना भने वेटिङमै राखेर निगममा सदस्य नियुक्त गरेका तीन जना मध्येबाट श्रेष्ठलाई निगमको अध्यक्ष बनाउन गरेको सिफारिश गरेको थियो ।
सोही सिफारिसको आधारमा सरकारले श्रेष्ठलाई अध्यक्ष बनाएको हो ।
प्रतिक्रिया