वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बीमा र धितोपत्र सम्बन्धी कसुरमा पक्राउ परेका गोल्छा एक करोड धरौटीमा रिहा

बीमा र धितोपत्र सम्बन्धी कसुरमा पक्राउ परेका गोल्छा एक करोड धरौटीमा रिहा
अर्थटुडे
२०८३ श्रावण १३, बुधबार

काठमाडौ । व्यवसायी शेखर गोल्छा धरौटीमा रिहा भएका छन् । उनलाई काठमाडौ जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न मंगलबार आदेश दिएको छ । उनलाई नेपाल प्रहरीको अनुसन्धान व्युरोले सोमबार नियन्त्रणमा लिएको थियो ।

गोल्छालाई धितोपत्र सम्बन्धी कसुरमा २५लाख र बीमा समन्धी कसुरमा ७५ लाख रुपैयाँ गरी एक करोड रुपैयाँ धरौटी माग गरिएको थियो ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी छोड्न आदेश गरिएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?