काठमाडौ । कृषि विकास बैंकले व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर बैंकले सो योजना सार्वजनिक गरेको हो । बैंकले नयाँ गाडी खरिद गर्ने ग्राहकले व्याजको प्रिमियम दर र सेवा शुल्क दुवैमा ३३.३३ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको छ ।
बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा मोबिलिटी एक्स्पोमा बैंकले गाडी किन्न इच्छुक ग्राहकका लागि आफूलाई पायक पर्ने नजिकैको बैंक शाखामा गएर कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ । ग्राहकले कागजपत्र पूरा गरेपछि बैंकले गाडी किन्न तुरुन्तै स्वीकृतिपत्र प्रदान गर्ने बैंकले जनाएको छ ।
यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा बैंकको नजिकैको शाखामा सम्पर्क गरी वा कल सेन्टर नम्बर ०१५९७०१६१ मा फोन गरी लिन सकिने समेत बैंकले जनाएको छ ।
प्रतिक्रिया