वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नागरिक कोषलाई रियल इस्टेटमा लैजाने प्रस्तावमा सांसद तामाङको प्रश्न : ‘वित्तीय संकट निम्तिन सक्छ

नागरिक कोषलाई रियल इस्टेटमा लैजाने प्रस्तावमा सांसद तामाङको प्रश्न : ‘वित्तीय संकट निम्तिन सक्छ
अर्थटुडे
२०८३ आश्विन ७, बुधबार

काठमाडाै , नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक कोषको रकम रियल इस्टेट तथा शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा लगानी गर्ने योजना संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन  ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका भाग लिँदै उनले यस्तो बताएका हुन  । कोषको लगानीका क्षेत्र विस्तार गर्ने सरकारको प्रश्तावप्रति असहमति जनाउदै  सांसद तामाङले रियल इस्टेट (घरजग्गा) व्यवसायमा लगानी गर्ने सरकारी प्रश्ताव जोखिमपूर्ण रहेको औंल्याउँदै यसले वित्तीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन  । विश्व अर्थतन्त्रमा रियल इस्टेटको असफलताले निम्त्याएको संकटलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उनले यस क्षेत्रको लगानीमा सावधानी अपनाउन आग्रह गरेका छन  ।

यस्तै, शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा ग्यारेन्टी गरेको उल्लेख गर्दै सांसद तामाङले कोषले यी क्षेत्रमा नाफामुखी लगानी गर्न खोज्नु संविधानको भावनासँग मेल नखाने जिकिर गरे साथै शिक्षा र स्वास्थ्यमा सरकारको दायित्व हुनुपर्नेमा कोषको लगानीले निजीकरणलाई बढावा दिन सक्ने उनकाे  तर्क छ ।
त्यसैगरी, हाल बैंक तथा वित्तीय क्षेत्रमा तरलता (लिक्विडिटी) पर्याप्त रहेको अवस्थामा नागरिक लगानी कोषको पुँजी किन बढाउनुपरेको भनी उनले प्रश्न उठाए। कोषको पुँजी संरचनामा सरकार, बीमा कम्पनी र वित्तीय संस्थाहरूको प्रमुख भूमिका रहेको बताउँदै उनले, जनताको थप पुँजी परिचालन नगरी सरकारी संयन्त्रभित्रैको रकम चलाउँदा यसले अर्थतन्त्रमा कस्तो असर गर्छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए  । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?